स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भइसकेपछि सरकारबाट फिर्ता हुने बताएका छन्।
केन्द्रीय कार्यालय आलोकनगरमा जारी पोलिटब्युरो बैठकमा सहभागी हुन पुगेका उनले पत्रकारहरुसँग बोल्दै पार्टी निर्णय कार्यान्वयन गरिने बताएका छन्।
'हामीबीच कुनै समस्या छैन। हामी मन्त्री पद छाड्न तयार छौँ', उनले भने, 'पार्टीको निर्णय नमान्ने कुरै छैन। कुनै
भाँडभैलो भएको छैन। हामीले मन्त्री छाड्न तयार छौँ भनेका छौँ।'
खतिवडाले पार्टीले फिर्ता बोलाउने निर्णय गरेका चार मन्त्रीले राष्ट्रियसभाबाट बजेट पास भएपछि सरकार छाड्ने उनले जानकारी दिए।
192
Shares

प्रतिक्रिया