नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्यमार्फत सवारीसाधनहरुको वार्षिक करमा गरेको भारी मात्राको वृद्धि तथा ६-६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने नीति खारेज गर्न माग गरेको छ।
अव्यावहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति भन्दै नाडाले अविलम्ब खारेज गरी पुरानै व्यवस्था कायम गर्न माग गरेको हो।
नाडाले विगतदेखि नै सम्पूर्ण प्रदेशहरुमा सवारीसाधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको जनाएको छ।
नाडाले भनेको छ, ‘केही महिनाअघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसी सबै प्रदेशहरुमा समान सवारी कर लागू गर्ने सहमति समेत भइसकेको अवस्थामा त्यसविपरीत अहिले आएर गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी रुपमा भारी मात्रामा सवारी कर वृद्धि र ६(६ महिनामा सवारी जाचँपास गर्नुपर्ने झन्झटिलो नीति समेत ल्याएकोमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले विरोध जनाउँदै तत्काल फिर्ता लिन माग गरेको हो।’
Shares

प्रतिक्रिया