ad ad

राजनीति


ओलीको दाबी : नेपालमा मुख्य दुई दल छन्, कांग्रेस र एमाले

ओलीको दाबी : नेपालमा मुख्य दुई दल छन्, कांग्रेस र एमाले

नेपालखबर
असार ९, २०७९ बिहिबार १९:१७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा मुख्य दुई दल मात्रै रहेको बताएका छन्। 

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा बिहीवार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालमा नेपाली कांग्रेस र नेकपा एमाले मात्रै मुख्य दलका रुपमा रहेको बताएका हु्न्। 

'अहिलेको यथार्थ भनेको नेपालमा मुख्य रुपमा दुई दल छन्, एमाले र नेपाली कांग्रेस', उनले भने, 'यिनीहरुले ठिक काम गरेनन् भने, कोही पनि ठिक काम नगरेर लोकप्रिय भइरहने, अघि बढिरहने, जनताले विश्वास गरिरहने, माया गरिरहने, साथ दिइरहने निस्क्रिय भए पनि, यो भन्दा राम्रो काम गर्ने अर्को आयो भने पनि  त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन। समय गतिशील छ।' 

उनले राजनीति र दलीय संगठनमा विचारको महत्व हुने बताए। 'गन्तव्य र उद्देश्यको महत्व हुन्छ। प्रजा परिषद् विचार, उद्देश्य  गन्तव्यले सफल भएको हो', उनले भने, 'त्यसकारण विचार चाहिन्छ। युवाहरुमा राजनीतिप्रति व्यापक फ्रस्टेशन छ भन्ने कुरा होइन। एकदुई वर्ष अघिसम्म सबैले युवाहरुले राजनीतिमा घृणा गर्न थाले भन्थे। त्यो कुरा सत्य होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .