ad ad

राजनीति


एमाले र कांग्रेससँग नमिली माओवादीको चाबीले ताला खुलेन : प्रचण्ड

एमाले र कांग्रेससँग नमिली माओवादीको चाबीले ताला खुलेन : प्रचण्ड

नेपालखबर
असार ९, २०७९ बिहिबार १३:४६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीसँग भएको देशको चाबी एमाले वा कांग्रेससँग मिल्नुपर्ने खालको भएको बताएका छन्। 

उनले कांग्रेस र एमालेसँग नमिलि नखुल्ने खालको चाबी जनताले माओवादी केन्द्रलाई दिएको बताए। ललितपुरका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले यस्तो बताएका हुन्। 

‘राजनीतिको बागडोर हाम्रो हातमा आउँछ। आउने निर्वाचनमा देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बन्ने आधार छ,’ प्रचण्डले प्रशिक्षणको क्रममा भने, ‘त्यो बन्नेबित्तिकै अहिले त कि कांग्रेससँग कि एमालेसँग मिलेर जानुपर्ने स्थिति भएको छ। चाबी चाँही हाम्रै हातमा छ। तर, त्यो चाबी कस्तो छ भने एउटा न एउटा सँग मिल्नुपर्ने खालको छ। ताला खोल्नलाई एउटासँग मिल्नुपर्ने छ।’

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि माओवादीसँग एमाले र कांग्रेस मिल्नुपर्ने स्थिति बनाउन उनले कार्यकर्तालाई आग्रह गरे। 

‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि हामी अरुसँग मिल्न जानुपर्ने होइन, अरु हामीसँग मिल्न आउनुपर्ने स्थिति आउनुपर्यो,’ प्रचण्डले भने, ‘कांग्रेस र एमाले माओवादीसँग नमिले कुनै उपाय नहुने ठाउँमा पुर्याउन सकिन्छ। पुर्‍याउनुपर्छ भन्ने हो। त्यो आधार छ, मैले त्यो संभावना प्रत्यक्ष देखेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .