राजनीति


राजनीतिक खचपच नभएको भए लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता भइसक्थ्यो : ओली

राजनीतिक खचपच नभएको भए लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता भइसक्थ्यो : ओली

नेपालखबर
असार ७, २०७९ मंगलबार १५:५९, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पारेका छन्।

अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धि पछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घयेलाई नभएको प्रष्ट्याएका हुन्। 

मंगलबार पूर्वराजदूतको समूहले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताए। 

अध्यक्ष ओलीले भने, ‘नेपालमा राजनीतिक खचपच नभएको भए लिम्पियाधुरा, लिपुलेक, कालापानी वा अन्य सीमा सन्दर्भहरु चाँही अहिलेसम्म समस्या समाधान भईसक्थ्यो भन्ने मलाई लाग्छ । यो विषयमा मैले खुलस्त छलफल गरेको थिए । यो मित्रतालाई सुदृढ गराउनका लागि हो ।’

अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दामात्रै देशहरुको बीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्चस्तरीय वार्ताको क्रममा पटकपटक राखेको पनि स्मरण गराए।

उनले भने, ‘हाम्रो छिमेक सम्बन्ध सुमधुर र सुदृढ राख्नु पर्छ। पारस्परिक सम्मान, पारस्परिक लाभको आधारमा छिमेक सम्बन्ध बढाउनु पर्दछ। अब छिमेक सम्बन्ध गर्दा समस्या छँदैछन् भने हेपिएको महसुस भइराखेको छ भने वास्तवमा सम्बन्ध सुमधुर हुँदैन, आत्मीय हुँदैन।’ 

उनले लिपुलेक, लिम्पियाधुरा नेपालले १४६ वर्षसम्म भोगचलन गरेको भूभाग हो भन्दै आफ्नो भूमी फिर्ता चाहियो भन्नु सम्बन्ध बिगार्ने कुरा नभएकाे स्पष्ट पारे।

‘हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा गर्ने हो भने सुगौली सन्धिपछि एक सय ४६ वर्ष हामीले भोगचलन गरेको भूभाग हो। एक सय ४६ वर्ष हामीले भोगचलन गर्यौं। त्यसपछि एउटा समय सन्दर्भमा हाम्रो कालापानीमा भारतीय फौज आएर बस्यो। र साठी वर्षदेखि त्यहाँ छ’ उनले भने, ‘कालापानीमा भारतीय फौज भएको हुनाले उता लिपुलेक र कालापानीमा हामी प्रवेशै गर्न पाएनौं। यो विल्कुल यथार्थ हो। मैले अहिले भनिन भने पनि, अलि पछि नेपालीले भन्ने छन्। भन्छन्, भन्नैपर्छ। र, यस्तो समस्या सुगौली सन्धि सो सबैको मानेको छ। यसबाट प्राप्त गरेको भूभाग हो यो। यसमा हामीले अर्घेल्याइँ गर्यौं कि भन्ने ठान्नुपर्ने कुनै आवश्यक्ता छैन। अनि कहिल्यै पनि उठाउने, कसैले पनि नबोल्ने अनि हाम्रो भौगोलिक अखण्डता, हाम्रो सीमा सम्बन्धि प्रश्न, हाम्रो सीमा यो हो। छलफल गरौं र यसलाई टुंग्याऔं। यो हाम्रो भूभाग चाँही हामीलाई फिर्ता चाहियो भन्ने कुरा कुनै अर्घेल्याइँ होइन। यो सम्बन्ध बिगार्ने कुरा पनि होइन। यस्ता कुरालाई सल्टयाउनुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad