ad ad

कारोबार


नागरिक उड्डयन प्राधिकरणले भन्यो– हवाइ सेवा बन्द गर्न पाइन्न

नागरिक उड्डयन प्राधिकरणले भन्यो– हवाइ सेवा बन्द गर्न पाइन्न

नेपालखबर
असार ७, २०७९ मंगलबार १५:४७, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ सेवा बन्द गर्न नमिल्ने स्पष्ट पारेको छ। 

वायुसेवा सञ्चालक संघ नेपालले पत्रकार सम्मेलन गर्दै भोलिदेखि आकस्मिकसहित हेलिकप्टर र विमान कम्पनीका नियमित उडान बन्द गर्ने बताएको केही बेरमै प्राधिकरणले पत्रकार सम्मेलन गरी उडान रोक्न नपाउने बताएको हो। 

आन्तरिक उडान गर्दै आएका हवाइजहाज तथा हेलि कम्पनीहरुको संस्था संघले ५ बुँदे माग अघि सार्दै पूरा नगरे भोलिदेखि सेवा स्थगित गर्ने बताएको छ। अघि सारिएका मागहरुमा विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ्ग, पार्किङ्ग, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क बृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने, ​त्रिअवि विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मतसम्भारका लागि ह्याङरलगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने रहेका छन्। 

त्यस्तै असार ५ को नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रेस विज्ञप्तिमा उल्लेखित आधारको प्रावधानहरु हवाइजहाज तथा हेलिकप्टर दुवै विमानसेवा कम्पनीहरुको हकमा खारेज गरी हालसम्म भइरहेकै व्यवस्थाअनुसार त्रिअविलगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमानसेवा कम्पनीहरुले विना अवरोध सेवा यथावत् सञ्चालन गर्न पाउनुपर्ने, नियामक निकाय र सेवा प्रदायक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरण एकै निकायबाट भइरहेको कारण युरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाइ सुरक्षा सूचीमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहसनहस भइरहेकोले नेपाललाई युरोपियन युनियनको हवाइ सूरक्षाको सूचीबाट हटाउनका लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशीघ्र पहल गरिनुपर्ने र ​त्रि.अ.वि. परिसरमा नियमानुसार त्रि.अ.वि.बाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाइसेवाका लागि प्रयोग गरिरहेका स्थान तथा संरचनाहरुलाई यथावत् राखि प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने रहेका छन्। 

यी माग पूरा नभए अनिश्चितकालीन उडान बन्द गर्ने संघले बताएको छ। 

जनताले दुःख पाउने अवस्था आए प्राधिकरणले हेरेर नबस्ने
तर प्राधिकरणले भने जनताले दुःख पाउने अवस्था आए प्राधिकरणले हेरेर नबस्ने भन्दै कारबाही गर्ने संकेत गरेको छ। 

प्राधिकरणले त्रिभुवन विमानस्थलमा क्षमतालाई दृष्टिगत गरी ६६ प्रतिशत उडान काठमाडौंबाहिरका विमानस्थललाई बेस बनाएर हुनुपर्ने बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .