नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले अमेरिकालाई पत्र लेख्ने निर्णय संसदीय समितिबाट आजै निर्णय गर्ने प्रस्ताव अघि सारेका छन्।
सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले सो प्रस्ताव अघि सारेका हुन्। ‘आजको हाम्रो संसदीय समितिले पत्र लेख्ने निर्देशन दिने निर्णय गर्दा के हुन्छ?’ उनले भने।
एसपीपीकै प्रावधान अनुसार पत्र लेख्नपर्ने उनले बताए। ‘व्यक्ति त कुर्सीमा को बस्छ, स्वतन्त्र बस्छ कि दलको मान्छे बस्छ भन्ने थाहा छैन। नेपाली जनताको प्रश्न यो हो, हाम्रो कथनी र करणी मिलिरहेको छैन,’ उनले भने, ‘कहिलेसम्म जनताले धेर्य गरेर पर्खने हो? शान्तिपूर्ण रुपमा भएको धैर्यता हिंसात्मक भयो भने हाम्रो हालत के होला? इतिहासको ब्याज मात्र खाएर देश कहिलेसम्म चलाउने?’
एसपीपीको घटनाले आफूहरुलाई लाजमर्दो भएको उनले बताए।
‘धेरै देशभक्ति, राष्ट्रियताको कुरा गर्ने यो घटनाले लाजमर्दो भएको छ। झन संशय, शंका किन हुन्थ्यो,’ उनले भने, ‘प्रधानमन्त्री आएर दुई हरफ बोलेको भए सजिलो हुन्थ्यो। संसदको रोष्ट्रमबाट बोलेर मात्र हुन्छ? एसपीपीको प्रावधानमा हामीले नगर्ने भए रद्द हुने भनिएको छ।’
Shares

प्रतिक्रिया