राजनीति


एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गरेर सत्यतथ्य बाहिर ल्याउँछौं : माधव नेपाल

एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गरेर सत्यतथ्य बाहिर ल्याउँछौं : माधव नेपाल

नेपालखबर
असार ४, २०७९ शनिबार १४:२९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)ले गहिरो प्रश्न खडा गरेको बताएका छन्। युवा विशेष जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एसपीपीको यथार्थ कुरा बाहिर ल्याउनपर्ने बताए। 

उनले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादी नेता नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग आज बिहान यसै विषयमा छलफल भएको पनि बताए। ‘हामीले अब प्रधानमन्त्रीसँग छलफल गरौं र राष्ट्रिय अन्योल चिरेर सत्यतथ्य जनताको माझमा ल्याऔं भनेका छौं।’

उनले देशभक्तको झण्डा उठाउन आफूहरु कहिले नछाड्ने दाबी गरे। ‘एसपीपीको कुराहरु दस्तावज नै आएका छन्। सही नै भएको छैन भन्ने पनि सुन्यौं, तिथि मिति हेर्दा फाइदा छ,’ नेपालले भने, ‘मैले अमेरिकाको भ्रमण गरेपनि गहिरो प्रश्न खडा गर्ने भएको छ।’

नेपाली सेनाका कुराहरु उठेपछि प्रधानसेनापतिको जवाफ लिएको भन्दै त्यसबारे कुनै सम्झौता नहुने प्रधानसेनापतिले बताएको जिकिर गरे।  ‘हामीले प्रधानसेनापतिसँग बुझ्न चाह्यौं। उहाँले पनि नेपालको भू-संवेदनशीलतालाई बेवस्ता गरेर कुनैपनि सम्झौता गर्दैनौं भनेपनि विश्वस्त भएका छौं।’ उनले भने।

कम्युनिस्ट पार्टीभित्र दक्षीणपन्थी प्रवृत्ति देखेपछि देशभक्तिको भावनामा आँच आउन थालेको नेपालको टिप्पणी छ। ‘देशभक्तिको भावनालाई जति महत्व दिनुपर्ने थियो, राष्ट्रियताको भावनालाई जति संवेदनशील रुपमा हेर्नुपर्ने थियो, यी कुरामा समस्या देखा पर्यो,’ नेपालले भने, ‘समस्या केही व्यक्तिमा देखा परे पनि सिंगो जनमानस, कम्यु्निस्ट घटक र देशभक्त शक्ति जुर्मुराएर उठे। त्यसपछि नेपाली देशभक्तिको भावनाले पूर्णता पायो।’

यो देशको परराष्ट्र नीति कस्तो हुने भन्नेबारे पूराना पुस्ताका नेताले दिशाबोध गरेको उनले बताए। 

नेपालले एमसिसीको ब्याख्यात्मक टिप्पणी भएपछि कामको कार्यान्वयनको बारेमा अनुगमन हुनुपर्ने नेपालले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .