राजनीति


प्रधानमन्त्रीले अघि बढ्दैन भनिसकेपछि अब एसपीपीलाई कोट्याउन आवश्यक छैन : परराष्ट्रमन्त्री खड्का

प्रधानमन्त्रीले अघि बढ्दैन भनिसकेपछि अब एसपीपीलाई कोट्याउन आवश्यक छैन : परराष्ट्रमन्त्री खड्का

नेपालखबर
असार ३, २०७९ शुक्रबार ९:४७, काठमाडौँ

परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टसिप प्रागाम(एसपीपी) को विषय च्याप्टर क्लोज भइसकेको कारणले अब यसलाई कोट्याउन जरुरी नभएको बताएका छन्। 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी हुँदै मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट अघि बढ्दैन भनेपछि खोतल्न आवश्यक नभएको बताएका हुन्। 

‘यो टुंगिएको विषय हो। कसको पालामा के भयो भनेर खोज्न जाने हो भने हामी सबैले मम भन्दै जिम्मेवारी लिनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसकारण यसको च्याप्टर क्लोज भइसकेको छ। फेरि खोतलखातल पारेर हेर्न थालियो भने कसका लागि भन्ने? प्रधानमन्त्रीको तहबाट हुँदैन भनिसकेपछि यसलाई फेरि खोतल्न पर्दैन्।’

एउटै विषयलाई कोट्याउँदा नेपालको हितमा नहुने उनले बताएका छन्। ‘यसलाई अझैपनि उदागों पार्न आवश्यक छ जस्तो मलाई लाग्दैन्,’ उनले भने,‘यो बारेमा स्पष्ट आइसकेपछि प्रधानमन्त्रीज्यूले चलाउनुभएको रसक्षा मन्त्रालयको विनियोजन विद्येयकमा गृहमन्त्रीज्यूले भन्दापनि नेपालको हितमा छैन भनेर स्पष्ट पारिसकेको अवस्था छ।’

नेपाली सेना र अमेरिकी दुतावासबाट यसबारे विज्ञप्ति आइसकेको भन्दै यसबारे थप चर्चा नगर्न समितिका सभापतिलाई आग्रह गरे। ‘प्रधानमन्त्रीज्यूले गठबन्धनको बैठकमा पनि यो अगाडि बढ्दैन भनेर भन्नुभएको छ। यो राष्ट्रिय हितमा छैन। कुनैपनि सामरिक वा सैन्य नीतिमा नेपाल जाँदैन।’ मन्त्री खड्काले बताएका छन्।

परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई समितिले जवाफका लागि बोलाएको थियो।

परराष्ट्रमन्त्री र प्रधानसेनापति संसदीय समितिमा हाजिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .