ad ad

राजनीति


प्रदेश १ : नामकरणको विषयमा छलफल गर्न कोइरालालाई कांग्रेसको जिम्मा

प्रदेश १ : नामकरणको विषयमा छलफल गर्न कोइरालालाई कांग्रेसको जिम्मा

सुमन पुरी
असार १, २०७९ बुधबार १६:४३, विराटनगर

प्रदेश नम्बर–१ को नामकरणको बिषयमा अरु दलहरुसँग छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलका नेता राजीव कोइरालालाई जिम्मा दिएको छ।  

कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले दलका नेता राजीव कोइरालालाई अरू दलसँग नामका विषयमा छलफल गर्ने जिम्मेवारी तोकेको छ।

एमालेले हिक्मत कार्कीको नेतृत्वमा समिति बनाएर नामकरणका विषयमा छलफल थालेपछि कांग्रेसले पनि कोइरालालाई जिम्मेवारी दिएको हो।  

प्रदेशसभाको चालु अधिवेशनबाट नामकरण टुंगो लगाउनका लागि संसदीय दलले कोइरालालाई अरु दलसँग छलफल थाल्न जिम्वेवारी दिएको कांग्रेस प्रमुख सचेतक सूर्यमाराज राईले जानकारी दिए ।

'दलका नेता कोइरालाले अरू दलसँग नामका विषयमा छलफल चलाउने र समान धारणा बनाएर अघि बढ्ने निर्णय गरिएको छ' प्रमख सचेतक राईले भने, 'नामका विषयमा अन्य दलहरूलाई समेत समान धारणा बनाएर अघि बढ्न सहमत गराउने कांग्रेसको प्रयास हुने छ।'

प्रदेशको नामका विषयमा गठबन्धन नेतृत्वको सरकारले स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा छलफल गर्न समिति बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .