राजनीति


भक्तपुरपछि नेकपालाई धरानमा अर्काे धक्का, मेयरमा कांग्रेसका राई विजयी

भक्तपुरपछि नेकपालाई धरानमा अर्काे धक्का, मेयरमा कांग्रेसका राई विजयी

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ५:२९,

सुनसरीको धरान उपमहानरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन्।

नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतअन्तरले पराजित गर्दै उनी मेयरमा विजयी भएका हुन्।

जम्मा ५५ हजार १ सय ६३ मत खसेको थियो। त्यसमध्ये कांग्रेस उम्मेदवार तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी राईले २३ हजार ९ सय ९४ मत प्राप्त गरेका छन्।

उनको विजयसँगै अहिले कांग्रेस समर्थकले विजय जुलुस निकालेका छन्। 

बहुदल आएयता कांग्रेसले धरानमा कांग्रेसले पहिलोपटक विजय हासिल हो। बहुदलपछिको सबै स्थानीय निर्वाचनमा धरानमा कम्युनिष्ट उम्मेदवारले जित्दै आएका थिए।

बहुदल आएको २९ वर्षपछि धरानमा पहिलोपटक नेकपाको लालकिल्ला तोडिएको भन्दै कांग्रेस नेता, कार्यकर्ता र समर्थकले खुसीयाली मनाएका हुन्।

यसअघि हिजो नेकपा पहिला आफू निर्वाचित भएको प्रदेशसभाअन्तर्गत भक्तपुर १ ‘क’ मा प्रदेशसभा सदस्यमा पराजित भइसकेको छ।

त्यहाँ कांग्रेसका उम्मेवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत ल्याएर नेकपाका डीपी ढकाललाई पराजित गरेका हुन्।

ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरे। जुन दुई वर्षअघि तत्काली एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हरिशरण लामिछानेले प्राप्त गरेको मतभन्दा कम हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad