प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा नियमितरुपमा संलग्न डा. रमेश सिंह भन्डारीले आइतबार प्रधानमन्त्रीसँगै बसेर अस्पतालबाटै दक्षिण एसियाली खेलहरुको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण हेर्न पाएकोमा आफूलाई असीमित खुशी प्राप्त भएको बताएका छन्।
‘बुवासँगै बसेर कुनै टिभी शो हेर्ने कहिल्यै त्यस्तो मौका पाएको मलाई सम्झना छैन– मलाई लाग्छ, एउटा बालकको रुपमा म अभागी थिएँ। तर, जब प्रधानमन्त्रीको आडैमा बसेर सम्पूर्ण दक्षिण एसियाली खेलहरुको उद्घाटन समारोह हेर्ने मौका पाएँ– अहिले मेरो खुशी असिमित छ। यस्तो सुन्दर मौकाका लागि म अत्यन्त भाग्यमानी ठानेको छु,’ डा. भन्डारीले सोमबार ट्विटमा लेखेका छन्।
महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत् प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रपति विद्यादेवी भन्डारीद्वारा गरिएको साग खेल समारोहको उद्घाटन अस्पतालबाटै प्रत्यक्ष प्रसारण हेरेका थिए।

प्रतिक्रिया