राजनीति


कास्की २ मा विद्याको जित सुनिश्चित, विजय र्‍यालीको तयारीमा नेकपा

कास्की २ मा विद्याको जित सुनिश्चित, विजय र्‍यालीको तयारीमा नेकपा

वाशुदेव मिश्र
मंसिर १५, २०७६ आइतबार ११:४३,

 कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) की उम्मेदवार विद्या भट्टराई विजय नजिक पुगेकी छन्।

यो निर्वाचन क्षेत्रका ३ वटा वडा अर्थात् ४, ७ र ८ वडाको मतगणना बाँकी रहँदा उनले २० हजार ७ सय ९७ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलले १२ हजार २ सय ५५ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर ८ हजार ५२२ रहेको छ।

वडा नम्बर ४ मा २ हजार २ सय ३८, वडा नम्बर ७ मा ४ हजार ६ सय ९ र वडा नम्बर ८ मा ६ हजार ५ सय ६८ मतदाता रहेका छन्।

तर, ती वडामा भएको सबै मत खसेको छैन। ती तीनै वडामा नेकपा र कांग्रेसको भोट हाराहारीमा खसेको अनुमान गरिएको छ।

पछिल्लो मतपरिणमाले नेकपाको विजय सुनिश्चितजस्तै भए पनि मतान्तरभने अहिलेभन्दा घट्ने अनुमान गरिएको छ।

यसैबीच नेकपाले भोलिको लागि विजय ¥यालीको तयारी पनि गरेको छ । नेकपाले सोमबार आयोजना गरिने विजय ¥यालीको निम्तो बाँडिसकेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .