राजनीति


तारजालीभित्र शुरू भाे कास्की २ को मतगणना

तारजालीभित्र शुरू भाे कास्की २ को मतगणना

वाशुदेव मिश्र
मंसिर १४, २०७६ शनिबार १८:२१,

शनिवार सम्पन्न उपनिर्वाचनमा चासोसाथ हेरिएको कास्की क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। निर्वाचन आयोग कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार राती १०:३० मा सुरु गर्ने तयारी गरिए पनि ढिला गरि मतगणना अघि बढाइएको हो।

यसअघि दलका प्रतिनिधिहरू र निर्वाचन अधिकारीहरूबीच जिल्ला समन्वय समितिको कार्यालयमा तारबार लगाएर मत गन्ने सहमति भएअनुसार व्यवस्था गरेर मतगणना शुरू गरिएको हाे।

उनका अनुसार यो क्षेत्रमा जम्मा मतदाता ७१८७१ रहेकोमा ४५५६३ मत खसेको थियो । ती मध्ये पुरुष २०७८४ र महिला २४७७९ छ्न् ।

केहिबेर अघि सम्पन्न सर्वदलीय बैठकले रातीबाटै मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ।

कास्कीको यो उपनिर्वाचनमा ६३.४० प्रतिशत ४५ हजार ५६३ मत मात्रै खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad