बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर-१ को वडा अध्यक्ष वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र बहादुर चन्द विजयी भएका छन्।
उनले २१९ मत ल्याएर भने नेकपाका धनबहादुर चन्दले २१५ मत पाएका छन्। कांग्रेसका गजेन्द्र नेकपाका धनबहादुर भन्दा ४ मत बढी पाएर विजयी भएका हुन्। आज भएको मतदानमा ६३८ मत खसेको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
यता, सर्लाहीको हरिपुर्वा नगरपालिका– १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ। समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन्।
निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे। यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको भने जनमत पाटीलेले ५२ ल्याएको छ। नेपाली काङ्ग्रेस २३ मत पाएको सर्लाहीका निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए।

प्रतिक्रिया