छापा खबर


कास्की २ मा मतदाता थपिए तर मतदान गर्ने घटे

कास्की २ मा मतदाता थपिए तर मतदान गर्ने घटे

नेपालखबर
मंसिर १४, २०७६ शनिबार २३:५३,

प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा ०७४ को तुलनामा कम मतदान भएको छ।

प्रारम्भिक विवरणअनुसार करिब ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको खबर आजको कान्तिपुर दैनिकले छापको छ।

पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता छन्। ४५ हजार ५ सय ६३ जनाले मतदान गरेका छन्।

०७४ मा ७० हजार ६ सय ५१ मतदाता हुँदा ४९ हजार ९ सय १३ (७०.६ प्रतिशत) मत खसेको थियो। यो शनिबारको उपनिर्वाचनको भन्दा करिब ७.२ प्रतिशत बढी थियो।

मतदाताहरू रोजगारी तथा अध्ययनका लागि बाहिर जानु, आफ्नो काम छाडेर मतदानमा नआउनु आदिले कम मत खसेको जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले बताए। छिटपुट बम विस्फोटका घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।

३२ मतदानस्थलमा ८२ मतदान केन्द्र तोकिएको थियो। बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा अधिकांश केन्द्र सुनसान जस्तै थिए। दिउँसोमात्रै मतदाता आउन थाले। चारवटा मतदानस्थल नजिक बम विस्फोट भए पनि कुनै क्षति र अवरोध नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad