ad ad

राजनीति


निधि प्रमुख अतिथि हुँदा बहिष्कार गरेका एमालेका जनप्रतिनिधिले लिए शपथ

निधि प्रमुख अतिथि हुँदा बहिष्कार गरेका एमालेका जनप्रतिनिधिले लिए शपथ

शैलेन्द्र महतो
जेठ १३, २०७९ शुक्रबार २०:१३, जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

उपमहानगरपालिकामा बिहीबार नै एमाले बाहेकका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका थिए। सो समारोहका प्रमुख अतिथि नेपाली कांग्रेस नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरेका थिए। 

वर्तमानमा सरकारको कुनै पदीय हैसियतमा नरहेका नेता निधिलाई प्रमुख अतिथि बनाएको भन्दै बहिस्कार गरेका एमालेबाट निर्वाचित वडाध्यक्ष र वडासदस्यले आज सपथ लिएका हुन्। 

उपमहानगरपालिकामा बिहीबार नगरप्रमुख मनोज साहले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।  

एमालेका ७ वडाध्यक्ष र सदस्यले शपथ लिएपछि आजैदेखि आ आफ्ना वडा कार्यालय पुगेर कार्यभारसमेत सम्हालेका छन्। 

जनकपुरधाम उपमहानगरमा २५ वडा रहेकोमा ११ वडामा नेपाली कांग्रेस, ७ मा नेकपा एमाले, दुईमा नेपाली कांग्रेसका बागी उम्मेदवार, दुईमा लोकतान्त्रिक समाजवादी पार्टी, एकमा जनता समाजवादी पार्टी, एकमा तराइ मधेश लोकतान्त्रिक पार्टी र एकमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षले जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .