ad ad

राजनीति


प्रदेश २ मा मंसिर १५ र १७ गते सार्वजनिक विदा

प्रदेश २ मा मंसिर १५ र १७ गते सार्वजनिक विदा

शैलेन्द्र महतो
मंसिर १२, २०७६ बिहिबार १५:५१,

प्रदेश २ सरकारले विवाहपञ्चमी महोत्सव र गढीमाई मेलाको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ। सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा मंसिर १५ गते र गढीमाई मेलाका अवसरमा मंसिर १७ गते गरी दुईदिन विदा दिएको हो।

पत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरमा भव्यताका साथ मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको विदा प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी क्यालेण्डरमै उल्लेख गरेको प्रदेश सरकारका आन्तरिक मामलिा तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए। यसवर्ष मंसिर १५ गते विवाहपञ्चमी महोत्सव परेकोले त्यस दिन विदा भएको उनको भनाई छ।

यस्तै प्रत्येक ५ वर्षमा लाग्ने गढीमाई मेला यस वर्ष समेत आयोजन भएकोले मंसिर १७ गतेलाई प्रदेश सरकारले विदा दिने मन्त्री परिषदबाटै निर्णय भएको कानुनमन्त्री यादवले बताए। मंसिर १७ गते गढीमाई मेलामा विशेष पूजाआजा भएकोले सो दिनको लागि प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक विज्ञप्ती जारी गर्दै विदाको घोषणा गरेकोहा हो।

बुधबार बसेको मन्त्रिपरिषदको निर्णयले बाराको प्रसिद्ध गढीमाई मेलाको मंसिर १७ गते मंगलबार विशेष पूजा हुने भएकाले सो दिन प्रदेश भरी सार्वजनिक विदा घोषणा गरेको कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .