नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी घोषित नयाँ पार्टी नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलालाई गिरफ्तार गरिएको छ।
उक्त पार्टीका नेता गुणराज लोहनीले बाँस्तोलालाई कोहलपुर घर जाँदै गर्दा दाङको भालुवाङमा आज बिहान ५/६ बजेतिर प्रहरीले गिरफ्तार गरेको नेपालखबरलाई बताए।
बाँस्तोलालाई षडयन्त्रमूलक तरिकाले गिरफ्तार गरिएको भन्दै लोहनीले तुरुन्त रिहा गर्न माग गरेका छन्।
रुपन्देहीको बुटवलमा गएराति बम विस्फोट भएको थियो। त्यहाँ नेकपा माओवादी क्रान्तिकारीको पर्चा भेटिएको थियो। त्यही निहुँमा बाँस्तोलालाई पक्राउ गरिएको हुन सक्ने लाेहनीले बताए।
भर्खरै विप्लवलाई कारबाही गरेर नेकपा बहुमत पार्टी गठन गरी त्यसको संयोजक रहेका बाँस्तोलालाई विप्लवकै नेताहरूले गलत सूचना दिएर पक्राउ गराएको हुनसक्ने उनले बताए। यसबारेमा पार्टीको बैठक तत्काल बस्न लागेको उनले जानकारी दिए।
यो पनि : विप्लवमाथि आरोप : एकीकृत जनक्रान्तिलाई मनचिन्ते झोली बनाए, संसदवादमा रमाए
Shares

प्रतिक्रिया