ad ad

राजनीति


ट्रम्पको पत्र पाएपछि किमले भनेः गज्जबको विषयबस्तु लेखिएको छ

ट्रम्पको पत्र पाएपछि किमले भनेः गज्जबको विषयबस्तु लेखिएको छ

सिन्ह्वा
असार ८, २०७६ आइतबार ७:५७,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेका छन्।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले पाएका हुन्।

पत्र पढेपछि सर्वोच्च नेता किमले पत्रप्रति सन्तुष्टी जनाएको समाचारमा उल्लेख गरिएको छ । उनले भनेका छन्, “पत्रमा गज्जबको विषयबस्तु लेखिएको छ।”

किमले त्यसमा रहेको चाखलाग्दो विषयमा गहन ढङ्गले सोचविचार गर्ने आशय व्यक्त गरेका छन्।

तर उनले पत्रमा के विषयबस्तु उल्लेख गरिएको छ भन्ने बारेमा भने कुनै जानकारी नदिएको समाचारमा जनाइएको छ।

Kim in KCNA photo

त्यसैगरी अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने बारेमा पनि खुलासा गरिएको छैन। त्यसबारे अमेरिकाले पनि कुनै प्रतिक्रिया जनाएको छैन।

गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको दोस्रो शिखर बैठक विनाकुनै निष्कर्ष टुङ्गिएको थियो। त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अनिश्चित रहेको छ।

उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्नु पर्ने अमेरिकाको चाहना र आफूविरुद्ध लगाइएका प्रतिबन्धहरू फुकुवा हुनु पर्ने उत्तर कोरियाको अडानका कारण सम्बन्ध सुमधुर हुन नसकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .