सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको बताएका छन्।
मनत्री भट्टराईले पर्यटकहरुको प्रवेश शुल्क घटाउने प्रतिवद्धता पनि व्यक्त गरे। यी दुवै प्रस्ताव १० दिन भित्र मन्त्रिपरिषद बैठकबाट पारित गराउने मन्त्री भट्टराईको प्रतिवद्धता छ।
‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीका विषयमा छलफल गर्न सोमबार काठमाडौंमा बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले पर्यटकहरुको सहजताका लागि सरकारले संरक्षित क्षेत्रहरुको भ्रमणको पनि उचित व्यवस्था गर्ने बताए। केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी पनि भइरहेको उनले बताए।
मन्त्री भट्टराईले मुलुकमा पर्यटकहरु सहज ढंगले भित्र्याउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानुनी जटिलता हटाउन सरकार लागि परेको पनि बताए।

प्रतिक्रिया