राजनीति


सोनिया गान्धीको नेतृत्वमा प्रदर्शन भएपछि भारतीय संसद बैठक अवरुद्ध

सोनिया गान्धीको नेतृत्वमा प्रदर्शन भएपछि भारतीय संसद बैठक अवरुद्ध

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १०:३९,

महाराष्ट्रमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन्।

काँग्रेसका नेताहरुले “लोकतन्त्रको हत्या बन्द गर” भनेर नारा लगाएका थिए। संसद बैठक सुरु हुनासाथ उनीहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो।

भारतको लोक सभा र राष्ट्रिय सभा दुवैमा काँग्रेस नेता तथा सांसदहरुले प्रदर्शन गरेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

महाराष्ट्रमा हालै भएको निर्वाचनपछि काँग्रेस र शिव सेनाले सरकार बनाउने तयारी गरेपनि अर्को पक्षलाई साथमा लिएर भारतीय जनता पार्टीले नै सरकार बनाएपछि काँग्रेस रिसाएको हो। एएनआइ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad