राजधानीको गोंगबुमा रहेको कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ। सोमबार एक कार्यक्रमकाबीच उपहार विजेतालाई उपहार हस्तान्तरण गरिएको हो।
उपहारअन्तर्गत प्रथम उपहार सर्लाहीका दिप्सन बस्नेतले १ सय ५० सीसीको यमाहा एफजेटएफआई भी३ मोटरसाइकल जित्न सफल भए। उनी मात्र १८ महिनाका छन्।
उनका अभिभावकले किनमेल गर्दा उनले मोटरसाइकल जितेका हुन्। यसैगरी द्वितीय पुरस्कार काठमाडौका अनुराधा ज्ञवालीले यामाहाकै १ सय ५० सीसीको एफजेटएफआईभी२ मोटरसाइकल जित्न सफल भइन्।
यस्तै तेस्रो पुरस्कार काठमाडौका अनिरूद्र जंग केसीले यमाहाको १ सय ३३ सिसिको एफजेडएफआईभी२ स्कुटर जित्न सफल भए। यसैगरी चौथो पुरस्कार बुटवल सुख्खानगरका प्रमिरा बस्नेतले एलजीको ४३ इन्च टिभी जित्न सफल भए भने पाँचौ पुरस्कार नुवाकोटका टिकाराम विश्वकर्माले ३२ इन्चको एलइडि टिभि जित्न सफल भए।
यस्तै छैठौँ उपहारमा माछापोखरी काठमाडौका रंजित कार्कीले एलजीको १ सय ९० लिटरको फ्रिज जित्न सफल भए बुढानिलकण्ठका लोनिभा खड्काले सामसुङको मोबाईल जित्न सफल भइन्। सान्त्वना पुरस्कारमा विभिन्न्न ५ जना व्यक्तिले निमाको घडी जित्न सफल भए।
उपहार हस्तान्तरण कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले दशैँ तिहारमा सञ्चालित कार्यक्रम उत्साहजनक ढंगबाट सम्पन्न भएको बताए।
कान्तिपुर मलले हरेक वर्ष दशैँ तिहारमा उपहार योजना सञ्चालन गर्दै आाएको छ।

प्रतिक्रिया