राजनीति


लुम्बिनीमा कांग्रेसलाई एमाले र माओवादी मिल्ने डर

गठबन्धनबाहिर तालमेल गर्न नपाइने निर्णय
लुम्बिनीमा कांग्रेसलाई एमाले र माओवादी मिल्ने डर

सुदीप भण्डारी
चैत २८, २०७८ सोमबार १७:४९, बुटवल

लुम्बिनीमा चुनावी गठबन्धन गरेका पाँच राजनीतिक दलले अन्य दलसँग तालमेल गर्न नपाउने निर्णय गरेका छन्। 

पाँच दलीय गठबन्धनको आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले पाँच दलभन्दा बहिर तालमेल गर्न नपाइने निर्णय गरेकाे हाे।

बैठकमा उपस्थित नेताहरुले एक अर्कालाई गठबन्धन बाहिर तालमेल गर्न खोजेको आशंका व्यक्त गरेका थिए।

नेपाली कांग्रेसका नेताहरुले माओवादी र एमाले मिल्न खोजेकाे हाे भनी प्रश्न गरे। केही पालिकाहरुमा माओवादीले एमालेसँग तालमेल गर्न खोजेको कांग्रेसका नेताले आशंका थियाे।

जवाफमा माओवादीले पनि कांग्रेसले राप्रपा लगायतका दलसँग तालमेल गर्न खोजेको आशंका गरेकाे थियाे।

त्यसपछि ५ दलले गठबन्धन बाहिरका अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेका हुन्।

बैठकले गठबन्धनको संयुक्त स्थलगत अनुगमन गर्न कार्यदल गठन गरेको छ। कार्यदलमा कांग्रेसका राजु खनाल, माओवादी केन्द्रका लुमाकान्त न्यौपाने, एकीकृत समाजवादीका अशोक कोइराला, जसपाका अशोक कुमार यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन्।

सबै दलको प्रतिनिधित्व हुने गरी संयुक्त चुनावी संयन्त्र गठन गर्ने बैठकले निर्णय गरेको छ। जिल्लास्तरीय गठबन्धनको संयन्त्रबाट सहमति कायम गरी प्रदेशमा रिपोर्ट पठाउन पनि आग्रह गरिएको छ।

बैठकमा माओवादी केन्द्रबाट मुख्यमन्त्री कुलप्रसाद केसी सहित प्रदेश अध्यक्ष सुदर्शन बराल, कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन र उपसभापति भुवन श्रेष्ठ, एकीकृत समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जनता समाजवादी पार्टीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका बद्रे आलमलगायत नेताहरु सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .