ad ad

राजनीति


आचारसंहिता लागू हुनैलाग्दा गण्डकीमा स्पष्टीकरण आतंक

आचारसंहिता लागू हुनैलाग्दा गण्डकीमा स्पष्टीकरण आतंक

वाशुदेव मिश्र
चैत २२, २०७८ मंगलबार २०:१३, पाेखरा

निर्वाचन आचार संहिता लागू हुने दिन नजिकिँदै छ। आचार संहिता लागू भएपछि सरुवा–बढुवा गर्न पाइँदैन।

गण्डकी प्रदेश सरकारले निर्वाचन आचार संहिता लागू हुन आँटेकै बेला यहाँको संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेलसहित ४ जनालाई २४ घण्टे स्पष्टीकरण मागेको छ।

स्पष्टीकरण मागिनेमा  व्यवस्थापन समितिका डा. ध्रुवबहादुर अधिकारी, मेजर रामप्रसाद गुरुङ र सूर्यप्रसाद बञ्जारा रहेका छन्। उनीहरुसँग प्रदेश सरकारले काम सन्तोषजनक नभएको भन्दै २४ घण्टे स्पष्टिकरण मागेको हो।

गण्डकी सरकारका प्रवक्ता मन्त्री कुमार खड्काका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको काम सन्तोषजनक नभएको भन्दै २४ घण्टे स्पष्टीकरण मागेको हो।

स्रोतका अनुसार निर्वाचन आचार संहिता लागू हुनुअगावै आफ्ना मान्छे भर्ना गर्न सो स्पष्टीकरण मागिएको हाे।   

गण्डकीको सरुवा तथा संक्रामक रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदेश सरकारले नै नियुक्त गर्छ। उनलाई यसअघिको पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकारले २ वैशाख १६ गते अध्यक्ष नियुक्त गरेको थियो।

तत्कालीन स्वास्थ्य तथा सामाजिक विकासमन्त्री नरदेवी पुनले कृष्णचन्द्र नेपाली सरकारले राम्रो काम गरिरहेका व्यक्तिलाई हटाएर आफूखुसी नियुक्ति दिन स्पष्टीकरण मागिएको आरोप लगाइन्।

यता, हालकी स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले भने अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नियुक्तिको अधिकार मुख्यमन्त्री कार्यालयलाई नै रहेको बताउँदै अध्यक्षसँग कामकाजको विषयमा सामान्य जानकारी लिन खोजिएको प्रतिक्रिया दिइन्।

अध्यक्ष पौडेलले भने आफूहरुलाई हटाउने नियतले नै स्पष्टीकरण सोधिएको जिकिर गरे।

प्रदेश सरकारको स्थापना दिवसमा उत्कृष्ट अस्पताल घोषित गर्दै पुरस्कृत भएको स्मरण गर्दै उनले भने,‘ एकातिर उत्कृष्ट हुने र अर्कोतिर स्पष्टीकरण सोधिएको छ, हामी हाम्रा कुरा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .