राजनीति


चुनावको मुखमा गाउँपालिका उपाध्यक्षले आफ्नो पार्टी छाडिन्

चुनावको मुखमा गाउँपालिका उपाध्यक्षले आफ्नो पार्टी छाडिन्

जसपा त्यागेकी गाउँपालिका उपाध्यक्ष यादव


शैलेन्द्र महतो
चैत १८, २०७८ शुक्रबार ८:४, जनकपुरधाम

स्थानीय तहको निर्वाचन नजिकै आउँदा सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादवले आफ्नो दल जनता समाजवादी पार्टी छाडेकी छन्। 

बिहीबार पार्टीका जिल्ला (सिरहा) अध्यक्षलाई पत्र पठाई उपाध्यक्ष यादवले साधारण सदस्यसमेत नरहने गरी जसपाबाट अलग भएको जानकारी गराएकी हुन्।  

यादव २०७४ सालको स्थायी तहको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उपाध्यक्ष पदमा अत्यधिक मले विजयी भएकी थिइन्। पार्टीले असहयोग गरेको आरोप लगाउँदै उनले जसपा त्यागेकी हुन्। 

पत्रमा उनले लेखेकी छन्, ‘मैले पार्टी प्रति इमानदारी वफादारी र कर्तव्यनिष्ठ भएर कामकाज गर्दै आइरहेको थिएँ तर यस पार्टीका विडम्बना जिल्ला जसपाको कार्य समितिमा निवेदन दिँदा निवेदनको सुनवाइ नहुने, केन्द्रीय अध्यक्षको निर्देशनलाई पालना जिल्ला अध्यक्षले नगर्ने, केन्द्रीय अध्यक्षलाई ज्ञापन पत्र दिँदा केन्द्रीय अध्यक्षले पनि चासो र मतलब नराख्ने पार्टीविपरीत काम गर्नेलाई करबाही नगर्ने व्यक्तिवादी हावी भएकोले ममाथि  अन्तघात गरेको राम्रो कामको मूल्यांकन नगरेको र उल्टै अपमानित गर्नेजस्ता प्रवृत्तिले गर्दा मैले साधारण सदस्य समेत नरहने गरी जसपा परित्याग गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .