राजनीति


तीन वर्षभित्र सोलुखुम्बुका हरेक घरमा बिजुली बल्छः सांसद राई

तीन वर्षभित्र सोलुखुम्बुका हरेक घरमा बिजुली बल्छः सांसद राई

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ६:३७,

प्रतिनिधिसभाका सदस्य हेमकुमार राईले तीन वर्षभित्र सोलुखुम्बुको हरेक घरमा बिजुली पुग्ने बताएका छन्।

सोलुखुम्बुमा स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको उद्घाटन गर्दै सांसद राईले निर्वाचित भएदेखिनै निरन्तर रुपमा खटेर वितरण केन्द्र ल्याउन सफल भएको भन्दै अब ‘उज्यालो सोलुखुम्बु’को अभियान सुरु भएको बताए।

साथै उनले विगतको दिनमा सडक निर्माणको विवाद आउने गरेको जिल्लामा विद्युत्लाईन विस्तारको क्रममासमेत विवाद आउनसक्ने भन्दै सहयोगका लागि सबैलाई अनुरोध गरे। जिल्लामा ग्रामीण विद्युतीकरणको लागि चालु आर्थिक वर्षमा खर्च हुनेगरी करीब रु ४७ करोड बजेट प्राप्त भएको छ। उक्त बजेटबाट पहिलोचरणमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका, नेचा सल्लयान र थुलुङदूधकोशीमा ग्रामीण विद्युतीकरणको लागि काम हुने सांसद राईले जानकारी दिए।

यस्तै प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लामा उत्पादित विद्युत् सोलुखुम्बुलाई उज्यालो नबनाइ बाहिर नलानसमेत आग्रह गरे।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभासदस्य उत्तमकुमार बस्नेतले विद्युत्बाट सञ्चालन हुने उद्योग तथा कलकारखानातर्फ ध्यान दिने बेला भएको बताए। विद्युत् नहुँदा उद्योगसमेत स्थापना हुन नसकेको भन्दै सांसद बस्नेतले आगामी दिनमा यस तर्फ सबैले ध्यान दिँदै स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad