समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा सरकारले ढिलाइ गरेको भन्दै गोरखा जिल्ला प्रशासनमा धर्ना दिएका छन्।
मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न माग गर्दै प्रशासनअगाडि जनप्रतिनिधि र सरोकारवालाहरुसँगै बसेर पूर्वप्रधानमन्त्री भट्टराईले धर्ना दिएका हुन्।
उनले सामाजिक सञ्जाल ट्विरमा भनेका छन्, ‘यो महत्वपूर्ण राष्ट्रिय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरुन्त ध्यान पुगोस्!’
बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ। डुबान क्षेत्रमा पर्ने कुल जग्गामध्ये दुई जिल्लाका करीब ४४ हजार रोपनी जमिनको मुआब्जा वितरण भइसकेको छ। सर्भेक्षणअनुसार आयोजनाले गोरखातर्फ कुल ३० हजार ७८ रोपनी र धादिङतर्फ २८ हजार ७५ रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने हुन्छ। मुआब्जा वितरणको काम शुरु भएदेखि अहिलेसम्म अधिग्रहण गरिएका दुवै जिल्लामा गरी करिब ४४ हजार रोपनी जग्गाकोे मुआब्जा वितरण गरिएको छ।
— Baburam Bhattarai (@brb1954) November 21, 2019बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधिहरू र सरोकारवालाहरूको धर्ना! यो महत्वपूर्ण राष्ट्रीय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस्! pic.twitter.com/ZiivPi7xC6
यद्यपि कतिपय जग्गाधनीको लालपुर्जा नभएको तर फिल्डबुकमा जग्गा भएकाले समस्या सुल्झिन सकेको छैन। अधिग्रहण गरिएकामध्ये गोरखातर्फ आरुघाट र आरखेत बजार क्षेत्र तथा धादिङतर्फ आरुघाट र खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण गर्न अझै बाँकी छ। आयोजनाले आर्थिक वर्ष २०७३÷७४ देखि डुबान क्षेत्रमा पर्ने जमीन अधिग्रहण गरी मुआब्जा निर्धारणको काम सुरु गरेको थियो।
आयोजनाबाट दुई जिल्लाका गरी २० हजार १ सय ४६ पूर्ण विस्थापित हुनेछन् भने २५ हजारलाई असर पुग्न सक्ने आयोजनाले बताएको छ।

प्रतिक्रिया