राजनीति


झडपमा घाइते सांसद साहलाई उपचारका लागि काठमाडौं लगियो

‘प्रहरी मुकदर्शक हुँदा घटना’
झडपमा घाइते सांसद साहलाई उपचारका लागि काठमाडौं लगियो

घाइते सांसद प्रमोद साह।


शैलेन्द्र महतो
चैत १२, २०७८ शनिबार १५:१५, जनकपुरधाम

सर्लाहीमा बाटो बनाउने विषयमा शनिबार दुई समूहबीच भएको झडपमा परी गम्भीर घाइते झएका जनता समाजवादी पार्टीका सचेतक एवं प्रतिनिधि सभाका सदस्य प्रमोद साहलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ। 

बयलबासमा समान्य उपचारपछि उनलाई शनिबार दिउँसो सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।  

घाइते सांसद साहलाई चढाइएको हेलिकप्टर।

शनिबार बिहान ईश्वरपुर नगरपालिकास्थि बयलवासमा बाटो विस्तार गर्ने विषयमा दुई समूहबीच झडप भएको हो। त्यस क्रममा ढुंगाले लागेर सांसद साहको टाउकामा गहिरो चोट लागेको हो। टाउकामा झन्डै १० सेन्टिमिटर काटिएको छ। 

घाइते सांसद साहलाई काठमाडौं लान हेलिकप्टर चढाउने बेला भेला भएका स्थानीय।

स्थानीय फुलजोर युवा क्लबको भवन भत्काइएको विषयमा विवाद भएको हो। सांसद साहले उक्त भवन त्यही ठाउँमा नभएर अन्यत्र बनाउनुपर्ने भनेपछि झडप भएको हो। आक्रमण गर्नेहरू नेकपा एमालेका स्थानीय कार्यकर्ता रहेको बताइएको छ। 

प्रहरी मुकदर्शक हुँदा घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। आक्रमणमा उनका पीएसओ पनि घाइते भएका छन्। पीएसओको टाउकामा चारवटा टाँका लागेको छ। प्रहरीकै अगाडि पीएसओको हतियार पनि आक्रमणकारी पक्षले खोसेको थियो। तर, फेरि तुरन्तै फिर्ता गरेका थिए । 

आक्रमण गर्ने समूहले स्थानीय राजीव महतोको मोटरसाइकल प्रहरीकै अगाडि जलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .