राजनीति


नेकपा सचिवालय बैठक स्थगित, कुनै निर्णय भएन

नेकपा सचिवालय बैठक स्थगित, कुनै निर्णय भएन

नेपालखबर
असार ७, २०७६ शनिबार १२:१६,

मुस्लिम समुदायको रमदान सम्बन्धी कार्यक्रममा प्रम केपी शर्मा ओली जानु परेकाले बैठक स्थगित गरिएको जानकारी बरिष्ठ नेता वामदेव गौतमले दिएका छन्।

‘त्यो महत्वपूर्ण कार्यक्रम हो, त्यहाँ नगई नहुने भयो’ बैठकपछि सम्वाददाताहरुसँग कुरा गर्दै गौतमले भने, ‘त्यसैले आजको बैठक निर्णय नै नगरी स्थगित भयो।’

अर्काे बैठकको मिति तय गरिएको छैन। प्रम ओलीले बोलाएपछि बैठक हुने जवाफ दिए।

‘राति १२ बजे बोलाएपनि हामी उपस्थित भइहाल्छौँ’ उनले भने, ‘बोलाएपछि बैठक भइहाल्छ।

गौतमका भनाईमा, आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले विभिन्न विषयमा जानकारी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad