अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याउने चेतावनी दिएपछि इरानले समेत अमेरिकालाई चेतावनीपूर्ण भाषामा प्रतिक्रिया जनाएको छ।
अमेरिकाले इरानतर्फ एक मात्रै गोल दाबे यसले गम्भीर अवस्था निम्ताउने र त्यो अमेरिकाको लागि राम्रो नहुने इरानले बताएको हो।
बिहीबार इरानले अमेरिकी ड्रोन विमान खसाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफूले इरानलाई आक्रमण गर्ने योजना बनाएको तर १ सय ५० जनाको मृत्यु हुने थाहा पाएपछि आक्रमण रोकेको बताएका थिए।
ट्रम्पले अमेरिकाले युद्ध नचाहेको तर इरान युद्धमा होमिए आफूले इरानलाई सिध्याउने बताएका थिए।
याे पनि:
इरानमाथि आक्रमण गर्न अमेरिकी लडाकु विमान तयार थिए
अमेरिकाको धम्कीपूर्ण टिप्पणीपछि इरानले शनिबार अमेरिकालाई चेतावनी दिएको हो। इरानको सशस्त्र बलका प्रवक्ता जनरल अबोफजल शकरचीले भने,‘इरानतर्फ एक गोली चलाए त्यो बारुदमा आगो लगाए सरह हुनेछ जसले अमेरिका जल्नेछ।’
उनले इरानले युद्ध कहिल्यै नचाहने बताए। उनका अनुसार इरानले कहिल्यै युद्ध सुरुवात गर्न चाहँदैन। उनले भने,‘यदी दुश्मनले गल्ती गरे उसले ठूलो क्रान्तिकारी प्रतिक्रियाको सामना गर्नुपर्छ।’
यस्तै इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मोसाभीले पनि आफूहरु जस्तैसुकै चुनौतीको सामना गर्न तयार भएको बताएका छन्। उनले भने,‘हामी हाम्रो सीमाना मिच्न कसैलाई दिँदैनौं।’
Shares

प्रतिक्रिया