राजनीति


तरुण दलका नेपालगन्ज नगर सभापति जेल चलान

तरुण दलका नेपालगन्ज नगर सभापति जेल चलान

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ३:२६,

हतियारसहित पक्राउ परेका तरुण दल नेपालगन्जका नगर सभापति सन्दीपजंग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन्।

बाँके जिल्ला अदालतले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने १ लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ।

सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा ५ वर्ष जेल सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

उनीहरूविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ।

गत कात्तिक १४ गते राति साढे ८ः०० बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad