राजनीति


श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले भने : हाम्रो मन-मुटुमा छ, बुद्ध जन्मभूमि नेपाल

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले भने : हाम्रो मन-मुटुमा छ, बुद्ध जन्मभूमि नेपाल

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार २:२९,

श्रीलंकाली नवनिर्वाचित राष्ट्रपति गोतावय राजापाक्षले गौतम बुद्धको जन्मभूमि नेपाल श्रीलंकालीहरूको मनमुटुमा विशेष स्थान रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजापक्ष श्रीलंकाको राष्ट्रपति पदमा निर्वाचित भएको अवसरमा दिएको बधाई तथा शुभकामना ट्विटको प्रतिउत्तरमा उनले यस्तो बताएका हुन्।

 

‘सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयत्न गर्नेछु र छिटै भेट्ने अवसरको प्रतिक्षामा हुनेछु,’ उनले भनेका छन्।

74907689 2481338348569245 8968624031741771776 n

तस्बिर : लुम्बिनी बिकास काेष

उनलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफू उनीसँग घनिष्ठरुपमा सहकार्य गर्दै नेपाल र श्रीलंकाबीचको बहुआयामिक र ऐतिहासिक न्यानो सम्बन्धलाई थप सुदृढ पार्न चाहेको बताएका थिए।

गतवर्ष सेप्टेम्बरमा तत्कालिन श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला श्रीसेनाले सपत्नी लुम्बिनीको भ्रमण गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad