समाज


तराईमा लाग्न थाल्यो हुस्सु, बिहान हवाई यात्रामा समस्या हुन सक्ने

तराईमा लाग्न थाल्यो हुस्सु, बिहान हवाई यात्रामा समस्या हुन सक्ने

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार २:३७,

तराईमा बिस्तारै कुहिरो (हुस्सु) लाग्ने क्रम सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज (मंगलबार) बिहान तराई क्षेत्रमा कुहिरो लागेको हो।

‘तराईमा कुहिरो देखिन थालेको छ,’ नेपालखबरसँग उनले भने, ‘विशेषगरी पश्चिम र मध्य तराईमा आज बिहान हुस्सु देखिएको छ, भिजिबिलिटी कम भएको छ, हवाई यात्रामा केही समस्या पर्न सक्छ।’

तर यो बिहान एक/दुई घण्टा लागेर हट्ने उनको अनुमान छ।

‘अहिलेलाई बिहान बिहान मात्र तराईमा कुहिरो देखिनेछ,’ दिउँसो हटेर जानेछ, तर बिस्तारै यो क्रम बढ्नेछ।’

सामान्यतया अंग्रेजी महिना डिसेम्बरदेखि ‘विन्टर’ जाडो अर्थात् हिउँद याम सुरु हुने मौसमविद् अर्यालले बताए।

‘आज नोभेम्बर १९ भयो, डिसेम्बर आउन लाग्यो त्यसैले कुहिरो लाग्ने क्रम सुरु भएकाे हो,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्यसम्म बदली भएको छ।

पूर्वी पहाडी क्षेत्रका एक/दुई स्थानमा वर्षा हुने सम्भावनासमेत रहेको मौसमविद् अर्यालले बताए।

अरब सागरबाट उच्च वायुमण्डलमा आइरहेको सेतो बादलले नेपालमा मौसम बदली गराएको उनले जानकारी दिए।

‘यसले खासै पानी पार्ने काम गर्दैन,’ उनले भने, ‘मौसम बदली मात्र गराउने हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad