ad ad

राजनीति


कांग्रेस महोत्तरी जिल्ला सभापतिमा संस्थापन पक्षका यादव सर्वसम्मत

कांग्रेस महोत्तरी जिल्ला सभापतिमा संस्थापन पक्षका यादव सर्वसम्मत

कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा चुनिएपछि माला र अबिरका साथ नागेश्वर यादव।


शैलेन्द्र महतो
फागुन २१, २०७८ शनिबार १५:५०, जनकपुर

नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा संस्थापन पक्षका नागेश्वर यादव सर्वसम्मत चुनिएका छन्। 

शुक्रबार भएको निर्वाचनमा ३ उम्मेदवारमध्ये कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापति चयनका लागि दोस्रो चरण चुनाव गर्नुपर्ने भएको थियो। तर प्रतिस्पर्धी सुशील यादवको समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि उनी सर्वसम्मत जिल्ला सभापति भएका हुन्। 

पहिलो चरणको चुनावमा सभापतिका तीन उम्मेदवारमध्ये नागेश्वर यादवले सबैभन्दा बढी १ हजार ११, दोस्रोमा सुशील यादवले ७ सय ७९ र यसपछि बजरङ्ग नेपालीले ३ सय ६ मत प्राप्त गरेका थिए। तर कांग्रेसको विधानबमोजिम सभापति पदमा विजयी हुन खसेको कूल मतको ५१ प्रतिशत कटाउनैपर्ने हुन्छ।

यति मत कसैको नआएपछि दोस्रो चरणको चुनावमा अघिल्लो निर्वाचनमा पहिलो र दोस्रो हुनेबीच प्रतिस्पर्धा गराइन्छ। यस क्रममा दोस्रा भएका उम्मेदवारले पहिलो भएका उम्मेदवारलाई समर्थन गरेपछि निर्वाचनबिनै सभापति चयन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .