राजनीति


नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप, आधा दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ

नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप, आधा दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ

प्रविन कोइराला
मंसिर १, २०७६ आइतबार ६:३८,

कालपानी क्षेत्र भारतले आफ्नो नक्सामा राखेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले भारतीय दूतावास अगाडि कालो व्यानरसहित प्रदर्शन गरेको छ।

आइतबार बिहान नेविसंघले भारतीय दूतावास कालो व्यानरसहित प्रदर्शन गरेका हुन्। कालो व्यानरसहित प्रदर्शनमा उत्रिएपछि प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेको छ।

nbsang 5

प्रहरीले आफूहरुको प्रदर्शनमा हस्तक्षेप गरेको भन्दै नेविसंघका संयोजक नवराज त्रिपाठीले आपत्ति जनाएा उनले आफ्ना केही कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल रिहाइ गर्न माग समेत गरे।

उक्त कालो ब्यानरमा नेविसंघले नेपालको नक्सा बनाएको छ। सो नक्सामा कालपानी, लिपुलेक, लिम्पियाधुरा लगाएको भूभाग समावेश गरिएको छ। नक्सामा मोदी हेरे, यो नक्सा नेपालको हो लेखिएको छ।

 nbsang 7

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .