ad ad

राजनीति


चिलीकी चर्चित गायिका लाफर्तेको सरकार विरोधी नग्न प्रदर्शन

चिलीकी चर्चित गायिका लाफर्तेको सरकार विरोधी नग्न प्रदर्शन

नेपालखबर
मंसिर १, २०७६ आइतबार ६:२२,

बीबीसीका अनुसार उनले आफ्नो छातीमा सरकारविरुद्ध विरोध र असहमतिको शब्द लेखेकी थिइन्।

अमेरिकी शहर लास भेगसमा आयोजित कार्यक्रममा लाफर्तेले टपलेस भएर सरकार विरोधी प्रदर्शनको समर्थन गरेकी हुन्।

३६ वर्षकी गायिका लाफोर्तेले चिलीमा प्रहरीको दमन र सरकारको विरोधमा मौन प्रदर्शन गरेको जनाइएको छ।

हाल चिलीमा जारी प्रदर्शनमा २० भन्दा बढी मानिसको मृत्यु भएको छ। चिलीका प्रदर्शनकारीले प्रहरीले प्रदर्शनकारीमाथि अत्याधिक दमन गरेको र महिला प्रदर्शनकारीलाई प्रहरीले बलात्कार गरेको आरोप लगाएका छन्।

प्रहरीले प्रहार गरेको पेलेट गनबाट चिलीका सयभन्दा बढी प्रदर्शनकारीले आँखा गुमाएका छन्।

गायिका लाफर्ते हालै लास भेगस ल्याटिन ग्य्रामी अवार्डमा बेस्ट अल्टर्नेटिभ एल्बम अवार्ड ग्रहण गर्न आएकी थिइन्।

उनले उक्त अवार्ड चिलीका मानिसहरुको लागि समर्पित गरिन्। लाफर्तेले अवार्डसहित एक तस्बिर इन्स्टाग्राममा पोस्ट गरिन्। उक्त पोस्ट अवार्ड कार्यक्रमको हो। त्यहाँ लाफर्ते टपलेस देखिएकी छिन्।

उनले क्याप्सनमा लेखेकी छिन्,‘मेरो शरीर एक मुक्त मातृभूमिको लागि स्वतन्त्र छ।’ फोटोमा उनले छातीमा सरकारविरुद्ध विरोधका शब्द लेखेकी छन्।

चिलीमा गत अक्टोबर १४ देखि सरकार विरोधी प्रदर्शन सुरुवात भएको हो। रेलको भाडा बढाएको भन्दै प्रदर्शनकारीले सरकार विरुद्ध प्रदर्शन थालेका थिए। त्यसबीचमा अन्य धेरै कारणहरु देखा परे जसले विरोध प्रदर्शन विशाल बन्दै गयो।

हालसम्म १० हजार प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यहाँ अघोषित आपत्कालिन अवस्था निम्तिएको छ। प्रहरी र सेना सडकमा तैनाथ छन्।

गत बुधबार राष्ट्रपति सेबेस्टियन पिन्येराले प्रदर्शनलाई अन्त्य गर्न सुधारको कार्यक्रम घोषणा गरेका थिए। त्यहाँ न्युनतम ज्याला बढाउने र पेन्सन बढाउने कार्यक्रमहरु समावेश छन्। उनले महँगी कम गर्ने वाचा पनि गरेका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .