ad ad

राजनीति


राजपुर बम काण्ड : आलमलाई ल्याइयो रातारात नख्खु कारागार

राजपुर बम काण्ड : आलमलाई ल्याइयो रातारात नख्खु कारागार

नेपालखबर
कात्तिक ३०, २०७६ शनिबार १:४५,

रौतहट राजपुर बम काण्डमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई रातारात ललितपुरको नख्खु कारगार ल्याइएको छ।

आलमलाई जिल्लामा राख्नसमेत जोखिम देखिएपछि अदालतले थुनामा राख्न आदेश दिएकै दिन शुक्रबार राति नख्खु कारागार ल्याइएको हो।

स्राेतका अनुसार डिल्लीबजार सदरखोर आउने आलमको चाहना भए पनि गृह मन्त्रालयले धेरै भीभीआईपी कैदी एकैठाँउ राख्न सहमति नदिएपछि उनलाई नख्खु कारागार ल्याइएको हो।

रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भुपेन्द्र खत्रीले आलमलाई नख्खु कारागार पुर्‍याएर प्रहरी टोली फर्किने तयारीमा रहेको नेपालखबरलाई जानकारी दिए।

याे पनिअफताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश (आदेश सहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .