श्रीमतीसँग बसेर फोटो खिचाउने युवकको हत्या गर्ने अभियुक्तसहित दुईजना बिहीबार कारागारमा थुनामा परेका छन्।
जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सप्तरीको सुरुंगा नगरपालिका ३ विषहरियाका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको हो।
२ वर्ष ५ महिनाअघि सोही ठाउँ बस्ने १९ वर्षीय फुल्चनकुमार मण्डललाई विष खुवाई हत्या गरेको अभियोगमा उनीहरू असोज ३० गते पक्राउ परेका थिए।
‘श्रीमती र अविवाहित फुल्चनले सँग खिचेको फोटो फेला पारेपछि उनीहरूबीच प्रेम सम्बन्ध रहेको ठानी वैदेशिक रोजगारीबाट फर्किएलगत्तै महेन्द्रले योजना बनाएर हत्या गरेका रहेछन्,’ इलाका प्रहरी कार्यालय (कडरबोना)का इन्स्पेक्टर रामराजा केशरीले भने। यो खबर आजको अन्नपूर्ण पोस्टमा मनोहर पोखरेलले लेखेका छन्।
केशरीका अनुसार रक्सी खान बजारमा बोलाई विषादी मिसाएको रक्सी खुवाई सुनियोजित तरिकाले हत्या गरी फरार रहेका महेन्द्र र अनिललाई पक्राउ गरी अदालतमा बुझाइएको हो।
Shares
प्रतिक्रिया