ad ad

राजनीति


सिंहदरबारमा सर्वदलीय बैठक जारी

सिंहदरबारमा सर्वदलीय बैठक जारी

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सोमबार जारी सर्वदलीय बैठक।


नेपालखबर
फागुन २, २०७८ सोमबार १४:४०, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सर्वदलीय बैठक सुरु भएको छ। 

सभामुख सापकोटाको सञ्चार विज्ञमा श्रीधर न्यौपानेका अनुसार बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी छन्। समसामयिक विषयमा छलफल भइरहेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक राखेका हुन्। 

तर प्रमुख प्रतिपक्ष एमाले बैठकमा सहभागी भएको छैन। उसले बैठक बहिष्कार गरेकाे हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .