ad ad

कारोबार


करोडौँ कमाएका ५ भारतीय युट्युबर, कति छ सम्पत्ति?

करोडौँ कमाएका ५ भारतीय युट्युबर, कति छ सम्पत्ति?

नेपालखबर
फागुन २, २०७८ सोमबार १४:३५, काठमाडौँ

भारतका केही युट्युबरले करोडौँ सम्पत्ति जोड्न सफल भएका छन् । 

भारतीय मिडियाहरुका अनुसार यसको पहिलो नम्बरमा पर्छन् गौरव चौधरी । 

युट्युबमा गौरवको टेक्निकल गुरुजी नामको एक च्यानल छ । जहाँ मोबाइलको रिभ्युसमेत प्रविधिसँग जोडेर धेरै कुराहरु हुन्छन् । यसमा उनको दुई करोड १९ लाख सब्सक्राइबर छन् । गौरवको सम्पत्ति करिब तीन सय २६ करोड भारु रहेको छ ।

यसरी धेरै सम्पत्ति भएकामा दोस्रो नम्बरमा आउँछन् अमित भडाना । उनले आफ्नै नामबाट युट्युब च्यानल खोलेका छन् । यसमा उनका दुई करोड ३७ लाख सब्सक्राइबर छन् । सन् २०२१ को तथ्यांकअनुसार उनको नेटवर्थ करिब ४७ करोड भारु छ । त्यसैगरी तेस्रो नम्बरमा पर्छिन् निशा मधुलिका । 
उत्तरप्रदेशमा सन् १९५९ मा जन्मिएकी निशा एक इन्डियन शेफ हुन् भने रेस्टोरेन्ट कन्सल्टेन्ट समेत रहेकी छिन् । करिब ६२ वर्षीया उनका एक करोड २३ लाख सब्सक्राइबर छन् । उनको सम्पत्ति ३३ करोड भारु छ ।

यसरी धेरै कमाउने युट्युबरमा चौथो नम्बरमा रहेका छन् आशीष चञ्चलानी । उनी आफ्नै नामबाट युट्युब च्यानल चलाउँछन् । प्रयोगकर्ताले उनलाई पनि खूबै रुचाएका छन् । उनीसँग ३० करोड भारु रहेको नवभारत टाइम्सले जनाएको छ । 

उनको च्यानल पछ्याउने दुई करोड ७३ लाख प्रयोगकर्ता छन् । पाँचौँ नम्बरमा भने अजय नागर पर्छन् । उनले क्यारी मिनाटी नामको च्यानल खोलेका छन् । यसमा तीन करोड ३८ लाख सब्सक्राइबर छन् । करिब २२ वर्षका मात्र उनीसँग करिब ३० करोड सम्पत्ति रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .