राजेन्द्र लिङ्देनसँग हारेपछि तनावमा रहेका कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष भएका छन्।
थापालाई राप्रपा नेपालको अध्यक्ष लाक्पा तामाङले आइतवार पार्टी जिम्मा लगाएको घोषणा गरेका हुन्।
थापाले आइतवारै अपिल जारी गरेर राप्रपा नेपाललाई पुनजागृत गर्ने निर्णय लिएको बताएका छन्।
‘केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,’उनले अगाडि भनेका छन्।
राप्रपा नेपालको घोषणासभा आगामी ७ फागुनमा काठमाडौंमा गरिने जनाइएको छ।
थापाले हिन्दुराष्ट्र, सुशासन र समृद्धिको मूल एजेन्डा लिएर अघि बढ्ने बताएका छन्। तर थापाले राजसंस्था छाडेर हिन्दु राज्य मात्रै अघि बढाउने भएका छन्।
831
Shares

प्रतिक्रिया