सत्तारुढ प्रमुख तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आज (आइतबार) संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएपछि नेपालको राजनीतिमा तरंग आएको छ। विभिन्न दलका नेता तथा क्षेत्रका व्यक्तिले यस विषयमा आफ्ना धारणा÷टिप्पणी सार्वजनिक गरिरहेका छन्।
यसै क्रममा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पनि व्यंग्यात्मक टिप्पणी गरेका छन्।
‘यसमा उहाँहरूको कुनै राजनीतिक स्वार्थ छैन। उहाँहरूलाई सर्वोच्च अदालतको गरिमाको मायाले नै विक्षिप्त बनाएको हो’, अध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर उहाँहरूलाई बार एसोसिएन र न्याय परिषदको राजनीतीकरण अनि दलीय पेसागत संगठनले जन्माउने ‘चोलेन्द्र’हरूको चिन्ताले विक्षिप्त बनाइदिए त समस्याको दीर्घकालीन हल हुने थियो नि!’
72
Shares

प्रतिक्रिया