ad ad

राजनीति


ओलीसँगको भेटबारे देउवालाई ब्रिफ्रिङ गर्न शेखर कोइराला बालुवाटारमा

ओलीसँगको भेटबारे देउवालाई ब्रिफ्रिङ गर्न शेखर कोइराला बालुवाटारमा

नेपालखबर
माघ २६, २०७८ बुधबार १५:३३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्। 

प्रधानमन्त्री देउवासँग कोइरालाले अहिले अपरान्ह ४ बजे भेटवार्ता गर्ने स्रोतले बताएको छ। देउवालाई भेट्नुअघि डा. कोइराला आफ्नो समूहका नेताहरुसँग छलफल गरेका छन्। बालुवाटार क्षेत्रमै कांग्रेस इतर समूहका नेताहरुबीच छलफल भएको स्रोतले जनाएको छ। 

यसअघि हिजो मंगलबार कांग्रेस नेता कोइरालाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए। सो भेटमा संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा छलफल भएको थियो। यस्तै, स्थानीय तहको निर्वाचन र अवरुद्ध संसद खुलाउने विषयमा समेत दुई नेताबीच छलफल भएको थियो। 

सभापति देउवासँगको भेटमा नेता कोइरालाले ओलीसँग भएका छलफल बारे ब्रिफ्रिङ गर्ने स्रोतले जनाएको छ। त्यसका साथै पार्टीको आन्तरिक विषयमा समेत कुराकानी हुने जनाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .