राजनीति


कर्मचारी बढुवा हुँदा परीक्षा दिने प्रावधान हटाउन पम्फा भुसालको माग

कर्मचारी बढुवा हुँदा परीक्षा दिने प्रावधान हटाउन पम्फा भुसालको माग

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १०:२४,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउन माग गरेकी छिन्। नेकपाकी प्रतिनिधिसभाकी सांसद भुसालले काम गर्ने कर्मचारीलाई न्याय दिन पनि विनालिखित परीक्षा कर्मचारीहरुको बढुवा हुने कानुनी व्यवस्था गर्नुपर्ने तर्क गरेकी हुन्।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कर्मचारीहरुलाई कामप्रति जवाफदेही बनाउन पनि कार्यक्षमताकै मूल्यांकनलाई आधार बनाएर बढुवा गर्ने व्यवस्था गर्न उपयुक्त हुने तर्क पनि गरिन्।

‘विना लिखित परीक्षा कामै गरेर कर्मचारीहरुको प्रमोसन हुने व्यवस्था गर्नुपर्दछ’, सांसद भुसालले भनिन्, ‘लिखित परीक्षा गर्दा काम नगरे पनि पढेर फष्ट हुने र काम गर्ने कर्मचारीहरु चाँही अन्याय पर्ने हुन्छ।’

सांसद भुसालले कर्मचारीहरुलाई आफ्नो कामप्रति जवाफदेही बनाउन पनि कामकै आधारमा बढुवा हुने व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारिन्। ‘काम गर्दिन, हाकिमलाई टेर्दिन, सोर्स लगाउँछु भन्नेहरु’ लिखित परीक्षामा फष्ट हुने भएकाले उनीहरुको कार्यसम्पादन राम्रो हुने नगरेको पनि सांसद भुसालको भनाइ छ ।

सांसद भुसालले काममा खटिने र शतप्रतिशत काम पूरा गर्ने कर्मचारीलाई मात्रै प्रमोशन गर्ने व्यवस्था गर्दा कामप्रतिको सरकारी कर्मचारीको जवाफदेहिता स्वतः बढेर जाने पनि स्मरण गराइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad