ad ad

राजनीति


मधेश प्रदेशबाट राष्ट्रिय सभामा उर्मिला अर्याल विजयी

मधेश प्रदेशबाट राष्ट्रिय सभामा उर्मिला अर्याल विजयी

राष्ट्रियसभामा विजयी माओवादी नेतृ उर्मिला अर्याल। तस्बिर : नेपालखबर


नेपालखबर
माघ १२, २०७८ बुधबार १८:४३, काठमाडौँ

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनका उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन्।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार पर्साकी अर्याल महिला समूहबाट विजयी भएकी हुन्।

अर्याल ६ हजार १५६ मतभार सहित विजयी भएकी हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी एमाले-लोसपा गठबन्धनबाट महिला उम्मेदवार रुपाकुमारी यादवले ३ हजार २२८ मतभार ल्याएकी हुन्। यादव लोसपाबाट उम्मेदवार हुन्।

त्यस्तै, ४३२ मतभार बदर भएको छ। स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ। 

जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ गरी कूल ९ हजार ८१६ मतभार रहेको छ।

विजयी हुनुअघि के भनेकी थिइन्?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .