राजनीति


राष्ट्रिय  सभा निर्वाचन: मधेश प्रदेशमा २ पदको लागि मतदान सुरु

राष्ट्रिय  सभा  निर्वाचन: मधेश प्रदेशमा २ पदको लागि मतदान सुरु

नेपालखबर
माघ १२, २०७८ बुधबार १०:२२, काठमाडौँ

मधेश प्रदेशमा दुईजना राष्ट्रिय  सभा सदस्यको लागि मतदान सुरु भएको छ। जनकपुरधामको महेन्द्रनारायण सांस्कृतिक प्रतिष्ठान भवनमा बिहान ९ बजेदेखि मतदान सुरु भएको मतदान अधिकृत पुष्पा झाले जानकारी दिइन्। 

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता घटक पाँच दलको गठबन्धन छ भने नेकपा एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) को गठबन्धन गठबन्धन छ। 

यो प्रदेशमा एकजना अन्य र महिला तर्फको गरी दुईजना पदको लागि निर्वाचन हुँदै छ। 

पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपाका महमद खालिदको उम्मेदवार छन्। यस्तै एमाले लोसपा गठबन्धनबाट अन्यतर्फ एमालेका उसमान अन्सारी र महिलातर्फ लोसपाकी रुपा यादव उम्मेदवार छन्।  

गठबन्धन गर्ने बेला एमालेबाट महिला तर्फ उम्मेदवारी दिएकी एमालेकी विना देवी साहले उम्मदेवारी फिर्ता लिएकी छन्। 


मधेश प्रदेशबाट शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ।


यो प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टी १ छन्।

मधेसमा प्रदेश सभा सदस्यको मतभारअनुसार एमालेसँग मात्रै ३ सय ८४ मात्र छ। 

यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन्। जसअनुसार प्रदेश २ मा कुल मतभार ९ हजार ८ सय १६ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .