राजनीति


स्थानीय निर्वाचन सार्ने कुरा एमालेलाई सह्य हुँदैन : अग्नि खरेल

स्थानीय निर्वाचन सार्ने कुरा एमालेलाई सह्य हुँदैन : अग्नि खरेल

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०७८ मंगलबार १४:१२, काठमाडौँ

नेकपा एमालेको स्थायी समिति सदस्य अग्नि खरेलले स्थानीय तहको निर्वाचन सारिए आफूहरुलाई मान्य नहुने बताएका छन्।

पूर्व कानुनमन्त्री समेत रहेका खरेलले मंगलबार झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यसो भनेका हुन्। 

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता समेत रहेका उनले संविधान उल्लंघन गरेर स्थानीय तहको निर्वाचन सार्ने कुरालाई एमालेले नसहने पनि बताएका छन्। 

‘वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न मिल्दैन। यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो', उनले भने, 'संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ।’

चुनाव नगरेर विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको आरोप उनले लगाए। 

स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उनले बताए। 

‘अर्ली इलेक्सन’ वा तीनवटै तहको सरकारको चुनाव एकैपटक गर्ने कुरा चुनाव नगर्ने योजना भएको पनि खरेलले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad