राजनीति


सरकारलाई सच्याउनका लागि उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्छः रिजाल

सरकारलाई सच्याउनका लागि उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्छः रिजाल

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ७:७,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।

पोखरा महानगरपालिका–१७ घारीपाटन क्षेत्रमा बुधबार आयोजित उप निर्वाचनको प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा सहभागी बनेका रिजालले सरकारका संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई सच्याउँदै सही मार्गमा हिँडाउन उप निर्वाचनमा कांग्रेसको जित आवश्यक भएको बताए।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पार्टीका केन्द्रीय प्रतिनिधिसमेत तोकिएका नेता रिजालले पार्टीले लामो समयसम्म समाजको रुपान्तरणका लागि योगदान गरेका त्यागी नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको बताउँदै यस निर्वाचन क्षेत्रको समृद्धि र विकासका लागि रुख चिह्नमा मतदान गर्न अनुरोध गरे।

उम्मेदवार पौडेलले यो निर्वाचन सरकारलाई सही बाटोमा हिँडाउनका लागि भएको बताउँदै कास्की क्षेत्र नं २ को समग्र विकासका लागि आफू अहोरात्र लाग्ने प्रतिबद्धता व्यक्त गरे। घरदैलोमा क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला (मधु), नगर सभापति बजिरमान श्रेष्ठ लगायत सहभागी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad