कारोबार


बैंक तथा फाइनान्समा राष्ट्र बैंकले डेढ अर्बको मुद्दती निक्षेप राख्ने

बैंक तथा फाइनान्समा राष्ट्र बैंकले डेढ अर्बको मुद्दती निक्षेप राख्ने

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ७:५,

नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्समा आगामी मंसिर १ देखि ०७७ कात्तिक ३० सम्म डेढ अर्ब मुद्दती निक्षेप राख्ने भएको छ। राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीमा कुल १ अर्ब ६३ करोड ९४ लाख निक्षेप राख्नलागेको हो।

त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा फाइनान्सले लिन चाहेको रकम उल्लेख गरी सिलबन्दी दरभाउ पत्रसम्बन्धी फारमको लागि राष्ट्र बैंकले गत २२ गतेसम्म पेस गर्ने अवधि तोकेको थियो। राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब ३१ करोड १६ लाख, विकास बैंकमा २४ करोड ५९ लाख र वित्त कम्पनीमा ८ करोड १९ लाखको निक्षेप राख्नलागेको हो।

यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, आ.व. २०७५/०७६ मा सञ्चालन मुनाफा (व्यवस्था पछिको) मा रहेको हुनुपर्नेछ।

यस्तै रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले, जरिवाना गरेको अवस्थामा त्यस्तो जरीवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको, बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पुरा भएको, सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गरिसकेको हुनुपर्ने लगायतका शर्तहरु राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad